PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

मोटरसाइकल दुर्घटनामा पाल्पामा एकजनाको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा पाल्पामा एकजनाको मृत्यु

पाल्पा: पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाइकल रिब्दीकोट गाउँपालिका–४, बाहुनडाँडामा मंगलबार साँझ दुर्घटना हुँदा ओलीको मृत्यु भएको हो।

हार्थोक प्रहरी चौकीका अनुसार तीव्रगतिमा गुडेको मोटरसाइकल नियन्त्रणमा लिन नसक्दा सडकदेखि एकसय मिटर तल खसेको छ। ओलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। पाल्पामा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने घटना बढ्न थालेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell