PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

एन्जेलो म्याथ्युजद्वारा कप्तानबाट राजिनामा



पहिलोपोस्ट

एन्जेलो म्याथ्युजद्वारा कप्तानबाट राजिनामा

श्रीलंकन क्रिकेट टिमका कप्तान एन्जलो म्याथ्युजले कप्तानी पदबाट राजिनामा दिएका छन्। जिम्वावेसँग घरेलु मैदानमै ५ खेलको वान डे सिरिज ३-२ ले गुमाएपछि उनले राजिनामा दिएका हुन्।

उक्त हारलाई उनले आफ्नो करियरकै लोएस्ट पोइन्ट भनेका छन्।

म्याथ्युजले ३४ टेष्ट, ९८ वान डे र १२ टी २० मा श्रीलंकाको कप्तानी गरेका थिए।

 उनले सन् २०१३ मा २५ वर्षको हुँदा श्रीलंकाको कप्तानी समह्लेका थिए। म्याथ्य्जको कप्तानीमा श्रीलंकाले कुनै पनि फर्म्याटमा उल्लेख्य प्रदर्न गर्न सकेन। लिमिटेड ओभरको क्रिकेटमा मध्यम प्रदर्शन भएपद्दि टेष्ट क्रिकेटमा भने राम्रो सफलता हात लागेन।

तर २०१४ मा  इंगल्याण्ड विरुद्घ सिरिज जित्दा भने म्याथ्युजले राम्रो प्रदर्न गरेका थिए। तर वर्ष उनकै कप्तानीमा श्रीलंकाले अष्ट्रेलिया विरुद्धको सिरिज जितेको थियो।

यता वान डे फर्म्याट अन्तर्गत २०१५ को विश्वकप, २०१६ को टी २० विश्वकप र २०१७ को च्याम्पियन्स ट्रपीमा भने श्रीलंकाको प्रदर्शन राम्रो हुन केन।

यता टेष्टमा पनि श्रीलंका न्यूजिल्याण्डसँथ २-० र साउथ अफ्रिकासँग ३-० ले पराजित भयो।

गत वर्ष चोटकै कारण म्याथ्युजले पूरा खेल्न सकेनन्। यही जुलाई २६ देखि श्रीलंकाले घरेलु मैदानमा भारतसँग टेष्ट खेल्दैछ र अब छिटै टेष्टको लागि कप्तान चयन गर्नुपर्नेछ। यसअघि वान डे कप्तानी गरिसकेका उपुल थरंगा, टी २० मा कप्तानी गरेक दिनेश चण्डीमल र टेष्टमै कप्तानी गरेका रंगना हेराथ कप्तानको दाबेदारीमा अगाडी छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell