PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

रियालिटी शोको बालबालिकामा कस्तो परेको छ असर?



पहिलोपोस्ट

रियालिटी शोको बालबालिकामा कस्तो परेको छ असर?

हरेक भारतीय टेलिभिजनमा एकमात्र भए पनि रियालिटी शो प्रसारण हुन थालेका छन्। पहिले-पहिले युवा लक्षित रियालिटी शोहरुको बर्चश्व रहे पनि केही समय यता बालबालिका केन्द्रित कार्यक्रम वा प्रतिस्पर्धात्मक शो आयोजना हुन थालेका छन्। संगीत, नृत्य र गायन बालबालिका विशेष यस्ता प्रतियोगिताहरु बढ्दो छन्।

बलिउड फिल्म निर्देशक सुजित सरकारले बालबालिकाहरुको रियालिटी शो'प्रति आपत्ति जनाएका छन्। उनले आफ्नो ट्विटर अकाउन्टबाट त्यस्ता कार्यक्रम बन्द गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। पिंकु, पिंक, बिक्की डोनर, मद्रास क्याफेजस्ता फिल्म निर्देशन गरेका उनले भनेका छन्,'यस्ता कार्यक्रमले बालबालिकाको बालापन नै खोस्छ।'

सुजित सरकारको धारणामाथि सहमति जनाउँदै फिल्मकर्मी मधुकर भंडारकर भन्छन्,'तीन चार महिना लामा यस्ता कार्यक्रमलाई बच्चाहरु गम्भीर रुपमा लिन्छन् र पछाडि पर्नेहरुको मनोबल टुट्छ। जसको असर धेरै किसिमले पर्छ।' सामाजिक सञ्जालले यस्ता कार्यक्रमलाई प्रोत्सहान गरेको उनको दाबी छ।

बिबिसी हिन्दीले जनाए अनुसार मुम्बईका मनोचिकित्सक डाक्टर हरिश सेट्ठीले यस्ता रियालिटी शो बन्द गर्नुपर्ने धारणा राखे। तर उनले प्रतियोगिताले नकारात्मक प्रभाव पार्छ भन्ने पक्षको मात्र वकालत गरेका छैनन्। 'बालबालिकाले खेलमा भाग लिन हुन्छ भने रियालिटी शो'मा पनि हुन्छ। तर राज्यले यस्ता शो'हरुको लागि नियम लागूू गरेको छैन। प्रोडक्शनदेखि प्रसारणसम्मको फेजमा कार्यक्रमले बच्चाको मनोविज्ञानमा कस्तो असर गर्छ ध्यान दिनुपर्छ।' उनले कार्यक्रमको अन्त्यमा उनीहरुलाई काउन्सलिङ गर्नुपर्नेबारे तर्क समेत राखे।

२०१६ मा इन्डियन आइडल जुनियरको विजेता रहेकी अनन्या नंदाका बुबा भने रियालिटी शो बन्दको पक्षमा छैनन्। भन्छन्,'यस्ता कार्यक्रम नभएको भए मेरो छोरीको गाउने कलको उचित मूल्याङ्कन हुँदैन थियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell