PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

पर्सा र सप्तरीमा तोकिए नयाँ प्रहरी प्रमुख: पर्सामा सुदीप गिरी र सप्तरीमा मुकेश सिंह



पहिलोपोस्ट

पर्सा र सप्तरीमा तोकिए नयाँ प्रहरी प्रमुख: पर्सामा सुदीप गिरी र सप्तरीमा मुकेश सिंह

काठमाडौँ: प्रहरी प्रधान कार्यालयले पर्सा र सप्तरी जिल्लामा नयाँ प्रहरी प्रमुख पठाउने भएको छ। कार्यालयले पर्सामा एसपी सुदीप गिरी र सप्तरीमा मुकेश सिंहलाई प्रहरी प्रमुख बनाइ पठाउने निर्णय गरेको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खानलले बताए।

अनियमितता आरोपमा सप्तरी र पर्साका प्रहरी प्रमुखलाई केही दिनअघि छानविनका लागि हेडक्वार्टर तानिएको थियो।

आर्थिक अनियमिमता गरेका उजुरीका आधारमा सप्तरीका प्रमुख एसपी अनुराग द्विवेदी र पर्साका प्रमुख एसपी गोविन्द साहलाई हेडक्वार्टर तानिएको थियो। दुबैमाथि अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell