PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

कोनकाकाफ गोल्ड कप: कोस्टारिका र क्यानाडाले खेले बराबरी



पहिलोपोस्ट

कोनकाकाफ गोल्ड कप: कोस्टारिका र क्यानाडाले खेले बराबरी

अमेरिकामा भइरहेको कोनकाकाफ गोल्डकप अन्तर्गत गएरातिका समूह 'ए' का दुबै खेल बराबरीमा सकिएका छन्। कोस्टारिका र क्यानडाले १-१ गोलको बरावरी खेले भने फ्रेन्च गुयना र होण्डुरोसले गोलरहित बराबरी खेल्दै अंङ्क बाँडे।

हस्टनस्थित बिबिभिए कम्पास स्टेडियममा अलफोन्सो डेभिसले २६औं मिनेटमा गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। तर, ४२ औं मिनेटमा फ्रानसिस्को काल्भोले कोस्टिरकाका लागि बराबरी गोल फर्काए।

बराबरीपछि क्यानडा र कोस्टारिकाको समान ४ अंक छ। गोलअन्तरका आधारमा क्यानडा समूह ए को शीर्ष स्थानमा छ।  गुयना र होण्डरोसको समान १ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell