PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

राहत पाउनुअघि नै द्वन्द्वपीडितको निधन



रासस

रसुवाः राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय रथबहादुर गुरुङ छन्। उपचारका क्रममा उनको जिल्ला अस्पतालमा निधन भएको हो। 

द्वन्द्वको समयमा तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएको बेला अचानक ज्वरो आई अस्पताल पुर्याइएको थियो । 

सोमबार आवेदन बुझाएका गुरुङ मङ्गलबार आफ्नो द्वन्द्वपीडितको परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा थिए। 

गुरुङ विपन्न परिवारका व्यक्ति भएकाले उनका आश्रित परिवारलाई आर्थिक सहयोगको व्यवस्था गर्न सरोकारवाला निकायसमक्ष स्थानीय बासिन्दाले आग्रह गरेका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell