PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

राप्रपाद्वारा भारतमा तीर्थयात्रीमाथि भएको आक्रमणको निन्दा 



रासस

राप्रपाद्वारा भारतमा तीर्थयात्रीमाथि भएको आक्रमणको निन्दा 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ। 

पार्टी प्रवक्ता भुवन पाठकले विज्ञप्ती जारी गरी आक्रमणमा परी ज्यान गुमाएकाका आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। धार्मिक भ्रमणमा निस्केका धर्मावलम्बीप्रति भएको आतङ्ककारी आक्रमणको पार्टीले निन्दा गरेको जनाइएको छ। 

भारतको जम्मु कास्मिर राज्यको अनन्तनाग जिल्लामा आतङ्कवादीबाट भएको आक्रमणमा परी भारतका सात तीर्थयात्री मारिनुका साथै केही घाइते भएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell