PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

दिनेश चण्डीमल श्रीलंकाको १५औं टेष्ट कप्तान



पहिलोपोस्ट

दिनेश चण्डीमल श्रीलंकाको १५औं टेष्ट कप्तान

दिनेश चण्डीमल श्रीलंकाको १२औं टेष्ट कप्तानमा नियुक्त भएका छन्। यस्तै लिमिटेड ओभरको क्रिकेटका लागि उपुल थरंगालाई कप्तान बनाइएको छ।

यसअघिका कप्तान एन्जेलो म्याथ्युजले सबै खाले फर्म्याटबाट राजीनामा दिएपछि श्रीलंकाको कप्तानी पद खाली थियो।

बुधबार श्रीलंकाले सबै फर्म्याटमा कप्तान नियुक्त गरेको हो। १५औं टेष्ट कप्तान चयन भएका चण्डीमलले यसअघि टेष्टमा म्याथ्युजको डेपुटी भएर काम गरेका थिए भने टी २० श्रीलंकाको कप्तानी सम्हालीसेका थिए।

कप्तान घोषणा भएपछि चण्डीमलले आफू म्याच्युज प्रती आभारी रहेको र बगामी दिनमा पनि उनको साथ पाउने अपेक्षा गरेका छन्। उनले कप्तानी सजिलो काम नभएको पनि बताए।

चण्ढीमलले अब घरेलु भूमिमा हुने भारत विरुद्घको टेष्टमार्फत कप्तानी पदको सुरुवात गर्नेछन्। 

यता यसअघि पनि वन डे को नेतृत्व सम्हालिसकेका थरंगाले वान डे सँगै टी २० को कप्तानी सम्हाल्नेछन्। थरंगालाई टेष्टको उपकप्तान बनाइएको छ। 
भारत विरुद्धको खेलका लागि श्रीलंकाको टेष्ट टोली पनि घोषणा भएको छ। 

श्रीलंकाली टेष्ट टोली
दिनेश चण्डीमल, उपुल थरंगा, एन्जेलो म्याथ्युज, निरोशन डिकवेला, दिमुथ करुणारत्ने, धनुस्का गुनतिलका, कुशल मेण्डिस, असेला गुनारत्ने, रंगना हेराथ, दिलरुवान परेरा, लकसान सान्दाकान, विश्व फर्नान्डो, सुरंगा लकमल, दुशमान्था चमिरा, लहिरु कमारा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell