PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

'सायद २' लाई पिजी सर्टिफिकेट, १६ वर्षमुनीकाले अभिभावक बिना हेर्न नपाउने



पहिलोपोस्ट

'सायद २' लाई पिजी सर्टिफिकेट, १६ वर्षमुनीकाले अभिभावक बिना हेर्न नपाउने

काठमाडौं: फिल्म 'सायद २'लाई सेन्सरबोर्डले पिजी सर्टिफिकेट दिएको छ। दुईपटक रिलिज टार्गेट परिवर्तन गरेपछि फिल्म यो साता रिलिजमा लागि मात्र सेन्सरमा गएको हो। सेन्सरबोर्डले फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दियो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ।



फिल्म असार ३० बाट प्रदर्शनमा आउँदै छ। यसअघि २०७३को चैत ४ र २०७४ जेठ १२ बाट फिल्म सार्वजनिक हुने भनिएको थियो। यो साताबाट देशभर एकसाथ प्रदर्शन हुने फिल्मसँग 'म यस्तो गीत गाउँछु' पर्दामा उत्रिदैछ। युवावस्थामा घट्ने विभिन्न घटनालाई पर्दामा उतार्दै सायद, होस्टल, होस्टल रिटर्न्स जस्ता हिट फिल्म दिएको दुर्गिस फिल्मले २०७३ मा मात्र तीन फिल्म प्रस्तुत गर्ने लक्ष्य लिएको थियो। गत वैशाखमा कार्यक्रम आयोजना गरी दुर्गिस फिल्मस ब्यानारले सायद २, लाउरे र लभ नम्बरको घोषणा पनि गरेपनि सायद २ र लाउरेको प्रोडक्शनले मात्र गती लिएको छ।

सुनिल रावलको निर्माण फिल्ममा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ। फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell