PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

बुढीगण्डकीको चिनियाँ ठेक्का विरुद्ध बाबुराम, प्रम देउवालाई भेटेरै भने : राष्ट्रिय स्वाभिमान विपरित



पहिलोपोस्ट

बुढीगण्डकीको चिनियाँ ठेक्का विरुद्ध बाबुराम, प्रम देउवालाई भेटेरै भने : राष्ट्रिय स्वाभिमान विपरित

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको  गेजुवा ग्रुप कम्पनी दिएकोप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिने निर्णय राजनीतिक रुपमा अनैतिक, गैरकानूनी, राष्ट्रिय स्वाभिमान विपरित, प्राविधिक रुपले गलत भएको भन्दै समझदारी खारेज गर्न माग गरेका हुन्।

उनले गेुजवा कम्पनीले यसअघि पनि विभिन्न आयोजनाको निर्माण पूरा नगरेको, कर छली गरी कालोसूचीमा परेको भन्दै यस्तो कम्पनीलाई कार्वाही गर्नुको सट्टा ठेक्का दिएर सरकारले  गलत काम गरेको बताए। 

नयाँ शक्तिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य तुरुन्त सुरु गर्न माग गरेको छ। 

त्यस्तै, उसले आयोजना नेपाल सरकारको लगानी, मुलुकभित्रका बैंकहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र सर्वसाधारणको शेयर र आवश्यक पर्ने भएमा अन्य देशका एक्जिम बैंकहरुसँग न्यून ब्याजदरमा पाउने ऋणसमेत लिएर नेपालले निर्माण गर्नुपर्ने बताएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell