PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

आइओसीले गर्‍यो ऐतिहासिक निर्णय, दुई संस्करणको ओलम्पिक आयोजनास्थल एकैपटक घोषणा



पहिलोपोस्ट

आइओसीले गर्‍यो ऐतिहासिक निर्णय, दुई संस्करणको ओलम्पिक आयोजनास्थल एकैपटक घोषणा

इन्टरनेशनल ओलम्पिक काउन्सिल (आइओसी)ले सन् २०२४ र २०२८ को ओलम्पिक आयोजना स्थल एकैपटक घोषणा गरेर ऐतिहासिक निर्णय गरेको छ।

आइसोसीले दुई ओलम्पिक स्थल एकैपटक घोषणा गरेको यो पहिलो पटक हो। स्वीट्जरल्याण्डको लाउसानेमा यसको घोषणा भएको हो।

एकैपटक दुई स्थलको घोषणा गरेपछि अब आगामी दुई संस्करणको ओलम्पिक र पारा ओलम्पिक  अमेरिका र फ्रान्समा हुनेछ। सन् २०२० को ओलम्पिक जापानको टोकियोमा हुँदैछ।
 

आयोजनास्थल घोषणा हुनुअगाडी दुई शहरका प्रतिनिधीले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। लस एन्जलको तर्फबाट मेयर एरिक गार्सेट्टी तथा फ्रान्सको तर्फबाट नवनियुक्त प्रधानमन्त्री एमानुएल माक्रोनले आकर्षक प्रस्तुती दिएका थिए।  

आयोजनास्थलको लागि भएको मतदानमा यी दुई शहर निर्विरोध चयन भएका हुन्।

आइओसीका अध्यक्ष थोमस बाकले यस निर्णयलाई 'गोल्डेन अपरचुनिटी' भनेका छन्।  अब कुन शहरले कुन वर्षको ओलम्पिक आयोजना गर्ने भन्ने निर्णय चाँही आगामी सेप्टेम्वरमा पेरुको लिमामा हुने भोटिङले छिनोफानो गर्नेछ।

हंगेरीको बुढापेस्ट, जर्मनीको ह्यामवर्ग र इटलीको रोम उक्त होडबाट पछाडी हटेपछि लस एन्जलस र पेरिस मात्र २०१४ को ओलम्पिक आयोजनाको होडमा थियो।

विश्व खेलकुदको महाकुम्भ आयोजना स्थल तोकिएपछि दुवै शहरका मेयरले खुशी व्यक्त गरेका छन्। ओलम्पकि इतिहासमा अहिलेसम्म गोल्ड मेडलका लागि ३७ पटक 'टाई' भएको छ। सम्भवत आज ३८औं हो। लस एन्जलसका मेयर गार्सेट्टीले भने, लस एन्जलसको लागि यो सुनौलो अवसर हो, जुन हामीले हल्का रुपमा लिने छैनौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell