PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अमरनाथ गएका सात तीर्थयात्रीको हत्यापछि लस्करविरुद्ध सुरक्षा निकाय परिचालन



पहिलोपोस्ट

अमरनाथ गएका सात तीर्थयात्रीको हत्यापछि लस्करविरुद्ध सुरक्षा निकाय परिचालन

श्रीनगर : हिन्दु धर्मालम्बीहरुको पवित्र तीर्थस्थल अमरनाथमा तीर्थयात्रीमाथि आक्रमण गरेर हत्या भएलगत्तै सुरक्षा निकायले लस्कर ए तोइवा र पाकिस्तानी नागरिक अबु इस्माइलीविरुद्ध अभियान सुरु गरेको छ।

सुरक्षा निकायले उनीहरुको खोजीमा मुख्यत: दक्षिण कास्मिर क्षेत्रमा केन्द्रित गराएको छ। एक वरिष्ठ सुरक्षा अधिकारीले दिएको जानकारी अनुसार तीर्थयात्रीको हत्यामा संलग्नता भएको आधारमा इस्माइलीको खोजी गरिएको हो।

अमरनाथ दर्शनका लागि गएका ७ जना तीर्थयात्रीको हत्या भएको थियो। मारिनेमा ६ महिला छन्। घटनामा १९ जना घाइते भएका छन्। सोमबार साँझ कस्मिरको अनन्ताग जिल्लामा तीर्थालु चढेको बसमाथि आतंकवादीले आक्रमण गरेका थिए।

गएको महिना बसिर लस्करसहित सात आतंकवादी मारिएका थिए। उनीहरुले त्यसैको काउन्टर अट्याएको गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

'एकपछि अर्को असफलताका कारण आक्रोशमा रहेका आतंकवादीहरुले काउन्टर इन्सर्जेन्सी अपरेसन गरे र सर्वसाधारण र पर्यटकलाई निसाना बनाए,' ती सुरक्षा अधिकारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell