
धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत सल्यानटार– २ सानागाउँमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
सल्यानटारस्थित सानागाउँमा ना १ ज ४२०० नम्बरको जीपको ठक्करबाट ६० वर्षीया मङ्गली कुमालको मृत्यु भएको हो।
प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएको छ । रासस