PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सप्तरीको तिलाठीमा बाढीमा फसेकी गर्भवती महिलाको उद्धार



रासस

राजविराज : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेकी एक गर्भवती महिलाको उद्धार गरिएको छ। 

स्थानीय ३० वर्षीया ज्योतिदेवी मिश्रको उद्धार गरिएको हो । घरमा करिब दुई फिट पानी पसेर समस्यामा रहेकी मिश्रलाई स्थानीयवासीको सहयोगमा उद्धार गरिएको हो।

स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। 

यसैबीच, आर्थिक अवस्था कमजोर भएकी गर्भवती महिलालाई स्थानीय व्यवसायी अङ्कितकुमार र शिवशङ्कर पौडेलले जनही पाँच हजारका दरले सहयोग गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell