PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सप्तरीमा ५१ बिघामा माछा पोखरी



रासस

सप्तरी : सप्तरीमा यसवर्ष माछापालनको लागि ५१ बिघा जमिनमा पोखरी खनिएको छ। 

जिल्ला कृषि विकास कार्यालयका कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार प्रति कठ्ठा दश हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएपछि किसानले पोखरी खनेका हुन्। माछापालन पोखरीका लागि दुईसयभन्दा बढी किसानले आवेदन दिएका थिए। 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सप्तकोसी नगरपालिका– ६ बोचरीमा कार्यालयले खाद्यानबाली ब्लक कार्यक्रम सुरु गरेको छ।

एक सय ५० बिघा जमिन छनोट गरी सामूहिक तथा संस्थागत रुपमा धानखेती सुरु गरिएको छ। सो कार्यक्रमका लागि ८३ लाख बजेट विनियोजन गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell