PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रहरीले बरामद गरेको ९ किलो सुन : नक्कली



सविन ढकाल

प्रहरीले बरामद गरेको ९ किलो सुन : नक्कली
प्रतीकात्मक फोटो

काठमाडौं : मंगलबार प्रहरी काठमाडौंको रामकोटबाट बरामद गरेको ९ केजी सुन नक्कली भएको पुष्टि भएको छ। विशेष सूचनाको आधारमा बरामद गरिएको सुनको बिस्कुटको माथिपट्टि सुनको जलप भए पनि त्यो नक्कली भएको परीक्षणमा खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रधुम्न कार्कीले जानकारी दिए। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार काभ्रे बेथान गाउँपालिका ५ कासाइमन सोमनामलाई रामकोटबाट ९ किलो सुनसहित नियन्त्रणमा लिएको थियो। सुन नक्कली भएपछि प्रहरीले ठगी गर्ने मनासयले सुन नक्कली बनाएको अनुमान लगाएको छ।   

रामकोटस्थित अमर कुँवर र विशाल केसीको तरकारी खेतीमा काम गर्ने सोमनामले सोही स्थानमा ९ किलो नक्कली सुन लुकाएर राखेका अवस्थामा बरामद गरेको हो। बजारमा एक केजी सुनको मूल्य करिब ४५ लाख पर्छ तर नक्कली सुनलाई ३० देखि ३५ लाखमा दिए सहजै खरिद गर्ने भएकाले झुक्काएर ठगी गर्ने मनासयले यस्तो गरेको हुन सक्ने एसपी कार्कीले बताए। नक्कली सुन भएपछि पक्राउ गरेकालाई के मुद्दा चलाउने अन्योल भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell