PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

यस्तो भयो हङकङमा 'कमलेको बिहे'ले



पहिलोपोस्ट

यस्तो भयो हङकङमा 'कमलेको बिहे'ले

नेपाल प्रदर्शनअघि हङकङमा प्रदर्शन भएको फिल्म 'कमलेको बिहे'ले दर्शकको तारिफ बटुलेको फिल्म निर्माण युनिटको दाबी छ। हङकङमा आइतबार सम्पन्न वर्ल्ड प्रिमियरमा फिल्मका मुख्य अभिनेता अनुपबिक्रम शाहीले फिल्म युनिटको प्रतिनिधी गरे।

रेड कार्पेट प्रिमियरमा हङकङमा रहेर विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सात सय बढी नेपालीहरुको उपस्थिती रहेको बताइएको छ। भिलेन पात्रको रुपमा चर्चा कमाइ रहेका अनुपको भिन्न प्रस्तुतीलाई दर्शकलले तारिफयोग्य रहेको बताए। उपस्थित दर्शकदे भने,'निर्देशकिय पक्ष अब्बल छ। मुख्य अभिनेता र अभिनेत्री दुबैले राम्रो प्रस्तुती दिएका छन्।'



नेपाली परिवेशको पृथक विषय उठान गरेको 'कमलेको बिहे'लाई हङकङ प्रिमियरमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक पौड्यालले बताए। फिल्मको नेपाल प्रदर्शन मिति भने तय भई सकेको छैन। फिल्मको हङकङपछि युके, अमेरिका तथा युरोपका विभिन्न शहरमा विशेष प्रदर्शनी रहेको निर्माण टिमले बताएको छ।

विदुर पाण्डेले खिचेको फिल्ममा महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ। फिल्ममा ‘कमलेको बिहे’मा मुख्य पात्र अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र किरण लाकौलको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell