PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

किन घट्यो उत्तर कोरियाबाट भाग्ने नागरिकको संख्या ?



रासस

किन घट्यो उत्तर कोरियाबाट भाग्ने नागरिकको संख्या ?

सोलः उत्तर कोरियाले आफ्नो सीमा क्षेत्रमा कडाई गरेपछि पछिल्लो समयमा उत्तर कोरियाबाट भागेर दक्षिणतर्फ आउने नागरिकको सङ्ख्या घटेको छ।

उत्तर कोरियाले दक्षिण कोरिया र चीनसँगको सीमामा पनि कडाई गरेपछि भागेर देश छाड्नेको  संख्या घटेको हो। उत्तर कोरियाबाट भागेर चीन तथा दक्षिण कोरियातर्फ जानेको सङ्ख्या पहिलो छ महिनामा निकै घटेको पाइएको समाचारमा जनाइएको छ। 

डिएमजेट यी दुई देशतर्फ उत्तर कोरियाबाट नागरिक भाग्नका लागि प्रयोग हुने एउटा सीमा क्षेत्र हो। यहाँबाट उत्तर कोरियालीहरु दक्षिण कोरिया र चीनतर्फ पनि वर्षेनी भाग्ने गर्छन्। 

यसरी भागेर जानेहरु दक्षिण कोरिया भएर तेस्रो मुलुकमा जाने गर्दछन्। यो सङ्ख्या पछिल्लो छ महिनामा घट्दो रुपमा रहेको देखिएको छ। 

यस वर्षको सुरुवातदेखि जुन महिनासम्मको अवधिमा यसरी नागरिक भागेर दक्षिणतर्फ आउनेको सङ्ख्या ५९३ मात्र रहेको छ। 

यो सङ्ख्या गतवर्षको यसै अवधिको तुलनामा २०।८ प्रतिशतले कमी हो। दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दिएको तथ्याङ्कमा यस्तो देखिएको छ। 

यसरी भाग्नेहरुमा बढीजसो महिला हुने गरेका छन्। उत्तर कोरिया छोडेर भाग्नेमा करिब ८५ प्रतिशत नै महिला हुने गर्दछन्। पुरुषहरु भने कलकारखानाको काममा धेरै व्यस्त हुने भएकोले भाग्ने अवसर निकै कममात्र पाउने गर्दछन्। 

अहिलेसम्ममा उत्तर कोरियाबाट भागेर ३० हजार भन्दा बढी नागरिक दक्षिणतर्फ पुगेका छन्। उनीहरुमध्ये अधिकांश त्यहीँ नै आफ्ना परिवारसँग बसिरहेको पाइएको छ। 

त्यस्तै, कतिपय मानिस दक्षिणमा पनि नबसेर आफ्नो स्वतन्त्रताको खोजीमा हिंड्ने गरेको पाइएको छ। सोही कार्यका लागि उत्तर कोरियालीले देश छोड्ने गरेका पाइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell