PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

पर्साको बहुदरमाई गाउँपालिकाका वडा सचिव घुससहित पक्राउ



राधेश्याम पटेल

पर्साको बहुदरमाई गाउँपालिकाका वडा सचिव घुससहित पक्राउ

वीरगञ्जः पर्साको एक गाउँपालिकाका  वडा सचिव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको टोलीले पर्साको बहुदरमाई गाउँपालिका वडा नम्वर ६ का सचिव दीपक खनाललाई घुस रकमसहित पक्राउ गरेको हो।

खनालले बालविकास कोषको ९२ हजार रुपैयाँ निकासा गर्नका लागि  सतार मियाँसँग ३० हजार रुपैयाँ मागेका थिए।

मियाँले रकम दिइरहेको अवस्था अख्तियारको टोलीले खनाललाई वीरगञ्जको तेजारथस्थित उनकै घरबाट पक्राउ गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell