
काठमाडौं : मंगलवार काठमाडौंको सानो भर्याङमा शेरचन ब्रदर्श प्रालिले प्लास्टिकको चामलले बेचिरहेको छ भन्ने खबर हात पार्यो प्रहरीले।
प्लास्टिकको चामल?
प्रहरी आफैँ कौतुहल भयो। त्यसैले कुनै समय खर्च नै नगरी प्रहरी तत्काल गोदाममा पुग्यो।
गोदाममा आरटिसी ब्रान्डको चामलका बोरा सयौं थिए। सूचना पाए जस्तै प्रहरीले चामलको बोरा खोलेर हेर्दा साधारण चामलभन्दा फरक पाएपछि तत्काल शिलबन्दी गरी शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गर्यो।
प्रहरीले तत्काल परीक्षणका लागि खाद्य अनुसन्धान तथा गुण नियन्त्रण विभागमा पठायो। अहिलेसम्म परीक्षण नभइसकेकाले के हो भन्ने खुल्न नसकेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रधुम्न कार्कीले बताए।