PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

चुडामणिलाई शुक्रबार सर्वोच्चमा झिकाउन आदेश



पहिलोपोस्ट

चुडामणिलाई शुक्रबार सर्वोच्चमा झिकाउन आदेश

काठमाडौं : आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई रिहा गर्न माग गर्दै उनकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले शुक्रबार उनलाई उपस्थित गराउन आदेश दिएको छ। 

भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका शर्मालाई रिहा गर्न माग राख्दै उनकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। 

कर फर्छ्यौट आयोग २०७१ मार्फत अर्बौँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शर्मालाई पक्रेर अनुसन्धान गरिरहेको छ। शर्मा सदस्य रहेको आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै नौ अर्ब रुपैयाँ व्यवसायीलाई छुट दिएको थियो। आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल भने फरार रहेका छन्। 

अख्तियारले गत जेठ १९ गते शर्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। थुनामुक्त हुन उनलाई अख्तियारले तीन अर्ब रुपैयाँ धरौटी माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell