PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

कीर्तिपुरका भूकम्पपीडितलाई नक्सापासमा ९० प्रतिशत छुट



रासस

काठमाडौँ : कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ। 

आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले जानकारी दिए। 
त्यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिनेभएको छ। 

महर्जनका अनुसार सभाले नयाँ आर्थिक वर्षको ७९ करोड ५६ लाख १४ हजार बजेट विनियोजन गरेकामा पुँजीगततर्फ ५६ करोड ९५ लाख र चालुतर्फ १२ करोड बजेट विनियोजन गरिएको छ। 

सभाले खानेपानीको लागि १९ करोड नगर सडकका लागि पाँच करोड, युवालाई स्वरोजगार बनाउनका लागि एक करोड, नगर बस सञ्चालन गर्न ५० लाख, सामुदायिक विद्यालयमा कम्प्युटरका लागि ५० लाख बजेट छुट्याएको छ। 

सभाले कीर्तिपुरको विकास योजना बनाउनका लागि पूर्वप्रमुख हिराकाजी महर्जनको संयोजकत्वमा कीर्तिपुर विकास परिषद्समेत गठन गरेको छ। यसैगरी, सभाले वडा नं– ४ र ६ बाहेक प्रत्येक वडामा ५० लाख बजेट विनियोजन गरेको छ। 

वडा नम्बर ४ र ६ ग्रामीण क्षेत्रमापर्ने भएकाले ७० लाख बजेट विनियोजन गरिएको प्रमुख महर्जनले जानकारी दिए। सभाले मधुमेह र उच्च रक्तचापको वृद्धा बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। 

यसैगरी, एकै बैंकबाट दिइरहेको सामाजिक सुरक्षा भत्तालाई अन्य बैकबाट पनि दिलाउने निर्णय गरेको छ। 

सभाले पहिलेदेखि लिइआएको करलाई यथावत् राख्दै कर नबढाउने निर्णय गरेको उपप्रमुख सरस्वती खड्काले जानकारी दिइन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell