PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

नारायणगढ–मुग्लिन सडकको चारकिलोमा सुक्खा पहिरो, यातायात अवरुद्ध



रासस

नारायणगढ–मुग्लिन सडकको चारकिलोमा सुक्खा पहिरो, यातायात अवरुद्ध

चितवन : नारायणगढ मुग्लिन सडकको चारकिलो भन्ने स्थानमा सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ। 

इच्छाकामना गाउँपालिकाको वडा नं ६ स्थित कालिखोला नजिकै रहेको चारकिलोमा आज अपराह्न ३ बजेर २५ मिनेटको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। 

उनका अनुसार पहिरो खस्नेक्रम चलिरहेकाले पन्छाउन समस्या परेको छ। पहिरोका कारण अहिले नारायणगढबाट जाने तथा मुग्लिनतर्फबाट आउने सवारी बीचमै रोकिएका छन्। पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। 

असार २५ गतेदेखि यहाँ रातिमा सवारी बन्द गरेर दिउसो गाडी चलाउने गरिएको छ। मुग्लिन सडक विस्तारका क्रममा रहेकाले विभिन्न क्षेत्रको भित्तो काटिएका स्थानबाट सुक्खा पहिरो खस्नेक्रम जारी छ। जोखिम बढेपछि यहाँका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell