PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भारतमै खोस्टा भइसकेको ५ सय र हजारको नोट धमाधम नेपाल भित्रिँदै, समातिए तस्कर



सविन ढकाल

भारतमै खोस्टा भइसकेको ५ सय र हजारको नोट धमाधम नेपाल भित्रिँदै, समातिए तस्कर

काठमाडौः प्रतिबन्धित भारु नोटको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले खुशिबु लिङ्क रोडबाट रामेछाप खाँडा देवी गाउँपालिका ८ बस्ने ३७ वर्षीय मान बहादुर लामा र काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने ३० वर्षीय अमित डंगोललाई पक्राउ गरेको हो। 

त्यस्तै यही घटनासँग जोडिएका थप तीन जनालाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका लामा र डंगोलका साथबाट प्रहरीले भारु पाँच सयका ३ हजार ७ सयवटा नोट र हजारका ३ हजार १ सय गरी नेपाली रुपैयाँ ४९ लाख पाँच हजार बराबरको रकम बरामत गरेको हो।
 
उनीहरुले यसरी ल्याएको रकम केही नाफामा सटही गर्ने खुलेको छ। भारतबाट ल्याएको रकम एक लाखको तीस हजारमा किनेर नेपालमा बेच्ने गरेको खुल्न आएको व्यूरोका एसपी मीरा चौधरीले बताइन्। उनले भनिन् 'लोभले नै यस्तो कारोबार गरेको देखिएको हो।' 

भारत सरकारले केही समयदेखि भारु ५ सय र हजारका नोट प्रतिबन्ध लगाएर नयाँ नोट इस्यु गरिसकेको छ। भारतीय पुराना नोट नेपाल ल्याएर दलालले सटही गर्दै आएका छन्। 

पक्राउ परेकाहरुले आफूहरुले भारत जाँदा रकम लिएर आउने अनि केही फाइदा लिएर सटही गर्नेगरेको बताएका छन्। नेपालमा प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म भारु नोटको सटही गर्ने नियम लागू हुने हल्ला चलेपछि नोटको र्याटकेट संचालनमा छ। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell