PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेपाल यू २३ फुटबल टोली भोलि युएई जाने, उत्कृष्ट प्रदर्शन गर्ने कोच र कप्तानको भनाइ



पहिलोपोस्ट

नेपाल यू २३ फुटबल टोली भोलि युएई जाने, उत्कृष्ट प्रदर्शन गर्ने कोच र कप्तानको भनाइ
फोटो : एन्फा

काठमाडौं : एएफसी यू-२३ च्याम्पियसिप क्वालिफायर्स खेल्ने नेपाली यू-२३ राष्ट्रिय फुटबल टोली भोलि युएई प्रस्थान गर्दैछ।  आगामी शनिबारदेखि युएईको अल अइनमा हुने छनोट अन्तर्गत नेपाल समूह डी मा छ।

टोलीलाई एन्फा कम्प्लेक्स सातदोवाटोमा बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठलगायतले बिदाइ गरे।

यही जुलाई १५ देखि १९ सम्म हुने क्वालिफायर्समा नेपाल रहेको समूहमा आयोजक युएई, उज्विकस्तान र लेवनान छ। नेपालले शनिबार युएईसँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ भने सोमबार उज्वेकिस्तान तथा बुधबार लेवनानसँग खेल्नेछ।

यसैको तयारी स्वरुप मंगलबार भएको मैत्रीपूर्ण खेलमा नेपाली टोली बंगालदेशको यू-२३ टोलीलाई १-० ले हराएको थियो।

नेपालका कोच राजुकाजी शाक्य र कप्तान विमल घर्ती मगरले युएईमा आफ्नो बेस्ट परफरमेन्स  दिने बताए। नेपालको छनोट हुने रियल सम्भावना के छ भन्ने प्रश्नमा कोच शाक्यले फुटबलमा जे पनि हुन सक्ने केही पनि भन्न नसकिने प्रतिक्रिया दिए। कप्तान विमलले युएईमा सक्दो राम्रो खेल्ने र रिजल्टकै लागि खेल्ने बताए।

३१ सदस्यीय नेपाली टोली बिहिबार िबहान युएई प्रस्थान गर्नेछ। गोलकिपिङ कोचका रुपमा रहेको मृगेन्द्र मिश्रको नाम भने युएई जाने टोलीमा छैन। किन गोलकिपङ कोचको नाम राखिएन भन्ने प्रश्नमा कसैबाट पनि स्पष्ट जवाफ आएन। 


नेपाली यू-२३ टोली

गोलकिपर : एलान न्यौपाने, किशोर गिरी, अशोक बराल

डिफेण्डर : अनन्त तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ,  निरज बस्नेत, छिरिङ तामाङ, लक्ष्मण जिसी

मिडफिल्डर : हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुनिल बाल, पुजन उपरकोटी, तेज तामाङ, डोन थापा, विवेक बस्नेत

फरवार्ड : विमल घर्ती मगर, अन्जल विष्ट, संजोग राई, विश्वास श्रेष्ठ

टिम म्यानेजर : सन्जिव मिश्र

प्रशिक्षक : राजुकाजी शाक्य

सहायक प्रशिक्षक : प्रकाश अर्याल

फिजियो : राजु दाहाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell