PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एमाले सचिव भन्छन्– संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौं



पहिलोपोस्ट

एमाले सचिव भन्छन्– संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौं

काठमाडौंः  नेकपा एमालेका सचिव भीम आचार्यले सदनमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने बताएका छन्।
रिपोर्टर्स क्लवको साक्षात्कारमा आचार्यले संशोधन प्रस्तावको पक्षमा कुनैपनि हालतमा दुई तिहाई नपुग्ने दाबी गरे । उनले दुई तिहाइ पुग्ने अवस्था आएमा आफूहरु जेपनि गर्न बाध्य हुने बताए।

साक्षात्कारमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले संसदमा विचाराधिन संशोधन विद्येयक पारित नहुने अवस्थामा निर्णयार्थ पेश गर्न नहुने बताए।

नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले एमालेले भने मधेशलाई उपेक्षा गरेर अघि बढेको आरोप लगाए। उनले एमालेको यस्तो व्यवहारले मुलुकमा गम्भिर दुर्घटना निम्त्याउने र राष्ट्रलाई निकै ठूलो क्षति पुग्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell