PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

भारतमा भीषण वर्षा, ६ जनाको मृत्यु



रासस

भारतमा भीषण वर्षा, ६ जनाको मृत्यु
फोटो श्रोतः indianexpress.com


नयाँदिल्ली : उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषणबाढी पहिरोमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। 

गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ती छ व्यक्तिले ज्यान गुमाएको अधिकारीहरुले जानकारी दिएका छन्। 

मृतकमध्ये तीन शव मुसोरीनजिकै, अर्को एक शव प्रान्तीय राजधानी देहरादुनको रिसपाना नदी छेउमा र अरू दुई जनाको क्रमशः तेहरी र पीथोरागर्ह जिल्लामा भेटिएको सरकारी अधिकारीहरुले जनाएका छन्। 

वर्षाका कारण देहरादुनदेखि दिल्लीसम्म जोड्ने राष्ट्रिय राजमार्गसमेत अवरुद्ध भएको जिल्ला उद्धार तथा व्यवस्थापन केन्द्रका अधिकारी पियुष राउटेलाले सञ्चारकर्मीहरुलाई जानकारी दिए। अवरुद्ध बाटो खुलाउनका लागि प्रयास भइरहेको उनले थप जानकारी दिएका छन्। 

लगातारको वर्षाले विभिन्न ठाँउमा बाढीपहिरो गएको छ, त्यही बाढीपहिरोले सडक भत्काएको हो। 

राज्य सरकारले बाढीपहिरोका कारण अप्रिय घटना हुनसक्ने आशङ्काले केदारनाथ जाने तीर्थयात्रीहरुलाई समेत रोक लगाएको छ। 

मौसम विभागले अझै केही समय वर्षा भइरहने पूर्वानुमान गरेको छ। साथै प्रमुख नदीहरुलाई खतराको सूचीमा राखिएको छ। 

पहाडी राज्य उत्तराखण्ड यसअघि सन् २०१३ मा पनि बाढीपहिरोको चपेटामा परेको थियो। त्यतिबेला झण्डै छ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार सात सय जना बेपत्ता भएका थिए । उनीहरुको पनि मृत्यु भएको अनुमान गरिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell