PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

प्रेस काउन्सिलको बैठक बोलाएर अध्यक्ष बेपत्ता, सदस्यहरु कुरेको कुर्‍यै



पहिलोपोस्ट

प्रेस काउन्सिलको बैठक बोलाएर अध्यक्ष बेपत्ता, सदस्यहरु कुरेको कुर्‍यै

काठमाडौँ : पूर्व सूचना विपरित बैठक स्थगनको जानकारी समेत नदिइ प्रेस काउन्सिल अध्यक्ष भवानीप्रसाद बराल सम्पर्कबिहीन भएका छन्। बैठक बोलाएर अध्यक्ष बराल सम्पर्कबिहीन भएपछि सदस्यहरु बैठक सुचारु हुने आशमा कुरेको कुर्यै भए। 

बराल बैठक सुरु गर्नुको सट्टा एकाएक गायव भएपछि बैठक स्थगित भयो। 


काउन्सिलका अन्य सदस्य भने नियमित समयमा नै कार्यालय पुगेर अध्यक्षको प्रतीक्षामा बसेका थिए। 

आजको बैठकमा स्थानीय तह निर्वाचनमा मिडिया अनुगमनको प्रतिवेदन, पुरस्कार स्थापना, काउन्सिलको ऐन, नियम र विनिमय संशोधन, लैंगिक मैत्री निर्देशिका लगायत विषय छलफलका विषय तोकिएका थिए। 

आर्थिक वर्षको अन्त्यमा गर्नुपर्ने सवै विषयहरु पेन्डिङ भए पनि अध्यक्षले बैठक बोलाउनुको सट्टा बेपत्ता भएको अन्य सदस्यहरुको आरोप छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell