PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

गोली प्रहारबाट विराटनगरमा एक महिला घाइते



रासस

गोली प्रहारबाट विराटनगरमा एक महिला घाइते

विराटनगर : विराटनगरको मुनालपथमा गोली प्रहारबाट एक महिला घाइते भएकी छन्। 

गोली प्रहारबाट उदयपुरको बेल्टारकी ४७ वर्षीया टीनादेवी विष्ट घाइते भएकी प्रहरीले जनाएको छ।
घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ । 

मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरी उनको साथमा रहेको ११ हजार रुपैयाँ लुटेको बताइएको छ। अस्पतालबाट उपचार गराई र फर्किन लागेको समयमा उनीमाथि गोली प्रहार भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell