PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

संविधान कार्यान्वयन सरकारको प्राथमिकताः प्रधानमन्त्री



पहिलोपोस्ट

संविधान कार्यान्वयन सरकारको प्राथमिकताः प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन र संविधानको संस्थागत गर्नु सरकारको प्राथमिकता भएको बताएका छन्। २०४‌औं भानुजयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकार संविधान संस्थागत गर्ने प्रयासमा रहेको बताएका हुन्।

उनले भने ‘ संविधान संस्थागत गर्नु सरकारको कर्तव्य हो। हामी प्रयास गरिरहेका छौँ।’

कार्यक्रममा देउवाले पृथ्वी नारायण शाहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेजस्तै भानुभक्तले भाषामार्फत भावनात्मक एकता गरेको बताए।  नेपाली भाषाको बिकासमा भानुभक्तले पुर्‍याएको योगदान अतुलनीय रहेको पनि उनले बताए। 

भानुजयन्तीका अवसरमा चक्रपथ परिक्रमा गरेका उत्कृष्ट विद्यार्थीलाई प्रधानमन्त्रीले सम्मान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell