PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

१९ घण्टापछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु



पहिलोपोस्ट

१९ घण्टापछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

  •  राजेन्द्र आचार्य
चितवन :  कालीखोलास्थित चार किलोमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड २२ घण्टापछि संचालनमा आएको छ।

बुधबार अपराह्न साढे तीन बजेपछि पहिरो खसेर अवरुद्ध भएको सडक आज विहान ११ बजेदेखि संचालनमा आएको हो।

हिजोराति आठ बजे एकतर्फी सडक खुलाएर बीच सडकमा अड्किएर करिव तीन सय सवारी साधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः सुरु गरिएको थियो।

आयोजनाका ईन्जिनियर शिव खनालका अनुसार सडकको झण्डै ४० मिटर लामो भाग पहिरोले पुरिएको थियो। सडक बिस्तारका क्रममा भित्तो काटिएका ठाउँमा पहिरो खस्ने क्रम वढेपछि हाल सो सडक रातिको समयमा बन्द गरिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell