PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पाँचथरमा चिर्पटले हानेर श्रीमानले गरे श्रीमतीको हत्या



पहिलोपोस्ट

पाँचथरमा चिर्पटले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ लिगिम्बामा एक जनाले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। 

बिहीबार बिहान करिव ८ बजे तिर फाल्गुनन्द गाउँपालिका ४ काबन्चरेका नेत्र चेम्जोङ्गले चिर्पट प्रहार गरी ४० वर्षीया श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। 

घरयासी बिवादमा चेम्जोङ्गले श्रीमतीलाई चिर्पट प्रहार गरेकोमा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चेम्जोङ्गलाई प्रहरीले पक्राउ गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell