PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

राजेन्द्र किशोर क्षेत्री बने नेपाल सरकारको मुख्य सचिव



पहिलोपोस्ट

राजेन्द्र किशोर क्षेत्री बने नेपाल सरकारको मुख्य सचिव

काठमाडौं :  मन्त्रिपरिषद बैठकले राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। आज बसेको बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो।

क्षेत्रीले यस अघि उपराष्ट्रपतिको कार्यालय, उर्जा मन्त्रालय र शहरी विकास मन्त्रालयमा पनि सचिवका रुपमा काम गरिसकेका छन्। सुशील कोइराला सरकारमा एमालेकी राधा ज्ञवाली मन्त्री हुँदा उर्जा क्षेत्रमा मन्त्रीलाई नै मनोमानी निर्णय गर्न नदिएका कारण क्षेत्री चर्चामा थिए। 

कानुन समुहबाट नेपाल सरकारी सेवामा अएका क्षेत्री पछि निजामति सेवामा समायोजित भएका थिए।
 
सरकारले वरिष्ठताको आधारमा अर्थ सचिव शान्तराम सुवेदी र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ अगाडि भए पनि मन्त्रिपरिषदले क्षेत्रीलाई मुख्य सचिवमा बढुवा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell