PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

७५ वर्षको हुँदा पनि 'योङ एन्ड एङ्ग्री' नै अमिताभ



पहिलोपोस्ट

७५ वर्षको हुँदा पनि 'योङ एन्ड एङ्ग्री' नै अमिताभ
फोटो श्रोतः dnaindia.com

उमेर अङ्कमात्र हो भन्ने कुराको राम्रो उदाहरण हुन् बलिउड स्टार अमिताभ बच्चन। २०१७ मा उनी ७५ वर्षको हुँदैछन्। सँगै उनको कामको रफ्तार पनि बढ्दो छ। स्टार बच्चनले २०१९ को लागि पनि आफू जोसका साथ काममा रहने बताएका छन्। उनले ब्लगमार्फत आफ्नो योजना बताएका हुन्। 

ब्लगमा लेखेका छन्, ‘केही नगरी बस्दा आफ्नो वरिपरि जे छ त्यसैलाई स्वीकार गरिन्छ। केही गर्नु पर्छ। केही राम्रो हुँदैछ म भोलि पनि केही राम्रो काम सुरु गर्दैछु।’ 

उनले ब्लगमार्फत अगस्टमा एउटा फिल्मको प्रोजेक्ट सक्किने बताएछन्। लगत्तै उनले रियालिटी सो ‘कौन बनेगा करोडपति’को काम सुरु गर्ने जनाएका छन्। बच्चन २०१८ को अन्तिमसम्म फिल्म ‘थग्स अफ हिन्दुस्तानुमा व्यस्त रहन्छन्। उनले आफ्नो २०१९ का योजनाहरु महत्वकांक्षी नभएको जनाए। 

सन् २०१७ भर उनी फिल्म ‘१०२ नट आउट’मा व्यस्त रहन्छन्। फिल्ममा उनी १०२ वर्षीय वृद्धको भूमिकामा देखिने बताइएको छ। जसमा ऋषि कपूरको बुबाको भूमिका निभाउँदै छन्। फिल्म वर्षको डिसेम्बरमा १ सार्वजनिक हुनेछ। फिल्ममा आमिर खान, कट्रिना कैफ, फतिमा साना शैख आदिको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell