PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

विद्यालय क्षेत्र विकास लागि दुई अर्ब ५३ करोड वैदेशिक सहयोग स्वीकार 



पहिलोपोस्ट

विद्यालय क्षेत्र विकास लागि दुई अर्ब ५३ करोड वैदेशिक सहयोग स्वीकार 

काठमाडौं : सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)का लागि आएको वैदेशिक सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। 
आज बसेको मन्त्रिपरिषद बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि आएको दुई अर्ब ५३ करोड ४७ लाख सहयोग स्वीकार गर्ने निर्णय गरेको हो। 

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्डले दुई अर्ब २६ करोड सहयोग गरेको छ भने जापानले २७ करोड ४७ लाख रुपैयाँ सहयोग गरेको छ। 

अघिल्लो वर्षको साउन १ गतेबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सुरु भएको हो। 

विश्व बैक, एसियाली विकास बैक, फिनल्याण्ड, नर्वे, जापानलगायतका दाताहरु मार्फत् सुरु भएको कार्यकम प्रारम्भिक देखि उच्चमाध्यामिक तहसम्मको विकासमा लगानी हुने छ। दाताहरुको सहयोगलाई एउटै बास्केट फण्डमा राखेर शैक्षिक क्षेत्र सुधारका लागि यो रकम लगानी हुने छ।

विगतमा पनि यस्तै प्रकृतिको कार्यक्रम विद्यालय क्षेत्र सुधार कार्यक्रमका नाममा आएको थियो। सन् २०१२ देखि २०१५ सम्म संचालित कार्यक्रमका लागि २६.२६ मिलियन अमेरिकी डलरको बजेट थियो। त्यही कार्यक्रम प्राथमिक, निम्न माध्यामिक र उच्च माध्यामिक गरी तीन तहमा बाँडिएको थियो। त्यही कार्यक्रम अन्तर्गत 'टेन प्लसटु' लाई विद्यालयमा गाभ्ने तथा एसएलसीलाई विस्थापन गर्दै एसइइ परीक्षा सुरु भएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell