PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

अनुष्कालाई साथ दिन विराट पुगे न्यूयोर्क, फोटोमा १ मिलियन भन्दा बढी लाइक



पहिलोपोस्ट

अनुष्कालाई साथ दिन विराट पुगे न्यूयोर्क, फोटोमा १ मिलियन भन्दा बढी लाइक

रवि शास्त्री भारतीय क्रिकेट टीमको प्रशिक्षक बनेपछि कप्तान विराट कोहली अहिले खुशी छन्। किनकी उनले चाहेको व्यक्ति नै प्रशिक्षक चुनिएका छन्।

यस्तै अर्को कारणले पनि कोहली खुशी छन् यती बेला। क्रिकेटबाट छुट्टीमा रहेका कोहलीले गर्ल्फ्रेण्ड अनुष्कासँगको फोटो सामाजिक सञ्जाल इन्स्टाग्राम सार्वजिनक गरेका छन्।

सार्वजनिक भएको १५ घण्टामै उक्त फोटोले १.४ मिलियन (१४ लाख)भन्दा बढी लाइक पाएको हो।

विराटले 'मच निडेड ब्रेक विथ माई लभ' भन्दै फोटो पोस्ट गरेका हुन्।
 

 

Much needed break with my ❤

A post shared by Virat Kohli (@virat.kohli) on

यही जुलाई १४ र १५ मा न्यूयोर्कमा हुने २०१७ को आइफा अवार्ड समारोहमा सहभागि हुन नायिका अनुष्का यतीबेला अमेरिकामा छिन्। यता वेष्ट इन्डिज टुरको समाप्तिपछि ब्रेकमा रहेका कोहली अनुष्कालाई साथ दिन न्यूयोर्क पुगेका हुन्।

यसअघि पनि कोहली र अनुष्कासँगै फोटो बारम्बार सार्वजनिक भइरहेको छ। पछिल्लो पटक कोहलीले भ्यालेन्टाइन डे मा अनुष्कासँगको फोटो सार्वजनिक गरेका थिए।

जसमा कोहलीले लेखेका थिए, 'यदी तिमि चाहन्छौ भने हरेक दिन भ्यालेन्टाइन डे हो।'

 

Everyday is a valentine day if you want it to be. You make everyday seem like one for me ❤❤. @anushkasharma

A post shared by Virat Kohli (@virat.kohli) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell