PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

चिनियाँ अधिकारकर्मी लिउको स्वास्थ्य अवस्था गम्भीर



रासस

चिनियाँ अधिकारकर्मी लिउको स्वास्थ्य अवस्था गम्भीर
फोटो श्रोतः .telegraph.co.uk

बेईजिङ  : क्यान्सर रोगबाट पीडित नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। 

उनको स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र अवस्था थप नाजुक भएको अस्पताल स्रोतले जनाएको छ। 

जर्मन सरकारले उनको उपचारको जिम्मा लिने जानकारी दिएको थियो। यस विषयमा चिनियाँ सरकारको आधिकारिक भनाई आएको छैन। यद्यपि चीन सरकारले उनको उपचारको विषयमा कुनै टिप्पणी नगर्न आग्रह भने गरेको छ। 

यसैबीच, जियाओबोको स्वास्थ्यस्थिति र यस सम्बन्धी सबै समाचार स्वतन्त्रतापूर्वक सम्प्रेषण गर्न कन्जुस्याइँ गरिएको भनी मानव अधिकारवादीहरुले आरोप लगाएका छन्। 

लिउको श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टीलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेकोमा उनका परिवारजनले नमानेकोसमेत फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटिले जनाएको छ। 

चीनमा प्रजातन्त्रका अभियन्ता ६१ वर्षीय लिउलाई संक्रमणविरुद्ध र रक्त सम्बन्धी उपचार गराइरहेकोमा उनको कलेजोले पनि काम गर्न छोडेकोले स्वास्थ अवस्था झनै गम्भीर भएको थियो। 

यसअघि पनि अस्पतालले उनको शरीरका धेरै अङ्गहरुले काम गर्न छाडेका बताएको थियो। त्यसपछि अस्पतालका तर्फबाट उनको स्वास्थ्य बुलेटिन प्रकाशन गरिएको छैन। 

सन् २००८ मा राज्यद्रोहको अभियोग लागेपछि लिउ सन् २००८ देखि काराबासको सजाय भोगी रहेका छन्।

सन् १९३८ ताका नाजीहरुका राज्यकालमा नोबेल पुरस्कार बिजेता जर्मनका कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने खतरा देखेपछि सघन उपचारका लागि उनलाई  केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। 

यसैबीच ताईवानका राष्ट्रपति चाई इङ–वेनले लिउलाई काराबासमुक्त गर्न र उनले इच्छा गरे अनुसारको स्वतन्त्रतापूर्वक उपचार गराउने हकबाट बन्चित नगर्न बेइजिङगसँग ट्विटरमार्फत आग्रह गरेका छन्। 

साथै लिउले ताईवानमा उपचार गराउने इच्छा गरेमा त्यसका लागि आफू तयार रहेकोसमेत उनले बताएका छन्। 

त्यसैगरी, अमेरिकामा उपचार गराउन चाहेमा उनलाई स्वागत गर्न इच्छुक रहेको भनी गत मङ्गलबार अमेरिकाले पनि लिउलाई मुक्त गर्न चीनसँग आग्रह गरेको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell