PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

मराठी मुभीमा अजय देवगनको इन्ट्री : काजोलले गरिन् क्ल्याप



पहिलोपोस्ट

मराठी मुभीमा अजय देवगनको इन्ट्री : काजोलले गरिन् क्ल्याप

सन् २०१४ मा मराठी फिल्म भिट्टी डान्डू निर्माण गरेका बलिउड हिरो अजय देवगन अब मराठी हिरोका रुपमा उत्रिने भएका छन्। नाना पाटेकर, सुमीत राघवन र इरावती हर्ष अभिनित मराठी भाषाको फेमेली ड्रामामा अजय विशेष भूमिकामा देखिने भएका हुन्।

फिल्मबारे जानकारी दिँदै निर्देशक सतीश राजवाडेले भने, 'अजय र नाना दुवै सुपरस्टार हुन र म उहँहरुसँग काम गर्न पाएकोमा हर्षित छु।'
बलिउड स्रोतलाई उदृत गर्दै टाइम्सअफइन्डियाले जनाएअनुसार निर्देशक राजवाडेले अजयलाई विशेष अनुरोध गरेका थिए। अजयको उपस्थितिले फिल्मको फ्लेवर फरक हुने उनको बुझाइ थियो। 

त्यसो त रोहित सेट्टीको सिङंघम सिरिजमा अजय देवगनले प्रहरीको भूमिका निभाउँदा मराठी समुदायलाई प्रतिनिधित्व गरेका थिए। र, अबको प्रोजेक्ट भने अजयको पहिलो क्षेत्रीय सिनेमा हुनेछ। मराठी भाषामा अजय देवगनले बोलेका संवादहरु दर्शकले हेर्न पाउनेछन्। फिल्मको मुहुर्त अजय र पत्नी काजोलको क्ल्यापबाट सुरु भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell