PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मेरो प्राथमिकता न्यायिक स्वतन्त्रता र निष्पक्षताः कामु प्रधानन्यायाधीश



रासस

मेरो प्राथमिकता न्यायिक स्वतन्त्रता र निष्पक्षताः कामु प्रधानन्यायाधीश

काठमाडौँ  :  कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो प्राथमिकता नै न्यायिक स्वतन्त्रता र निष्पक्षता भएको बताएका छन्।

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँगको भेटमा पराजुलीले न्यायिक क्षेत्रको सुधारका लागि आफूले सक्दो प्रयास गर्ने बताए। 

प्रतिनिधिमण्डलले पराजुलीलाई गरी न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शीलगायतका विषयमा समाजले अघि सारेको १० बुँदे अवधारणाबारे ध्यानाकर्षण गराएको छ। 

न्यायपालिकाका सबै तहमा उच्च प्रविधिको प्रयोग अवलम्बन गर्न, न्यायिक निकायका सबै कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्न, संवैधानिक परिषद्ले कुनै पनि पदमा नियुक्तिका लागि सिफारिस गर्दा कम्तीमा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गर्न र न्यायाधीश नियुक्तिमा पनि यो मापदण्ड लागू गर्नुपर्नेमा प्रतिनिधिमण्डलले जोड दिएको थियो। 

व्यवस्थापिका र न्यायपालिकाको गरिमा र मर्यादा उचो राख्न सम्बन्धित निकायका नेतृत्व वर्गलगायतले विशेष ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउँदै प्रतिनिधिमण्डलले विगतमाजस्तो न्यायपालिकाको नेतृत्वले सरकारको नेतृत्व गर्ने गलत उदाहरण भविष्यमा दोहोरिन नहुनेतर्फ स्मरण गराएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell