PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

कोलम्बो पुगेर गृहमन्त्रीले भने–कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार



पहिलोपोस्ट

कोलम्बो पुगेर गृहमन्त्रीले भने–कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार

काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताएका छन्।

श्रीलंकाको कोलम्बोमा सार्क राष्ट्रका गृहमन्त्रीस्तरीय आठौँ सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री शर्माले भ्रष्टाचारले राजनीति र नेतृत्वमाथिसमेत जनताको विश्वास गुम्ने बताए ।   

उनले आतंकवाद तथा आपराधिक क्रियाकलापविरुद्ध उच्चतम् कदम चालेपनि त्यस्ता समस्याहरुको समाधानमा कठिनाईको सामना गर्नुपरेको उल्लेख गरे। 

गृहमन्त्री शर्माले सम्पत्ति शुद्धिकरण सम्बन्धि विषयलाई सम्बोधन गर्न पुनरावलोकन  समिति गठन गरेको बताउँदै अन्तराष्ट्रिय मापदण्ड अनुसार काम अगाडि बढेको जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell