PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

लामिछानेलाई ‘बम–सरस्वती स्मृति पुरस्कार’



रासस

बागलुङ : धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गरेको छ।

२०४ औँ भानु जयन्तीका अवसरमा बिहीबार आयोजित समारोहमा बागलुङका प्रमुख जिल्ला अधिकारी, ऋषिराम तिवारीले लामिछानेलाई पुरस्कार प्रदान गरे। 

नगद १० हजार राशिको पुरस्कार बागलुङको मूलपानीमा जन्मी हाल बेल्जियममा रहेका कवि दीपेन्द्र केसीले स्व. हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापना गरेका हुन्।

नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै लामिछानेलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए। 

पुरस्कार ग्रहणपछि साहित्यकार लामिछानेले पुरस्कारले आफूहरुलाई थप जिम्मेवारी बोध भएको प्रतिक्रिया दिए। पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्षसमेत रहनुभएका लामिछाने साहित्यिक क्षेत्रमा ‘गोर्खे साइँलो’ नामले परिचित छन्। 

लामिछानेका ‘सम्मोहन’, ‘मुस्कान’, ‘सुत्रमाला’ गजल संग्रह र छन्द कविताको संग्रह ‘कादम्बरी’ प्रकाशित छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell