PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

महाअभियोग प्रस्तावविरुद्धको रिट संवैधानिक इजलाशमा



रासस

महाअभियोग प्रस्तावविरुद्धको रिट संवैधानिक इजलाशमा

काठमाडौँ : सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ। 

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले आज संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए। 

महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट निवेदन दायर गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell