PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

नेपाली यू १९ क्रिकेट टोली पराजित



पहिलोपोस्ट

नेपाली यू १९ क्रिकेट टोली पराजित
फाइल फोटो

काठमाडौं : आइसीसी यू-१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा पराजित भएको छ। तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली युवा टोलीले अभ्यास खेलमा पहिलो हार बेहोरेको हो।

बिहिबार भएको पाँचौ अभ्यास खेलमा नेपाल यु-१९ नोएडा एघारसाग ६८ रनले पराजित भएको हो। दीपेन्द्र सिंह ऐरीको अर्धशतकले पनि नेपाललाई हारबाट जोगाउन सकेन।

यसअघि भएका तीन खेल नेपालले जितेको थियो भने नोएडा एघारसाग दुई दिन अघि खेलिएकव खेल वर्षाको कारण रद्ध भएको थियो। 

नोएडास्थित शाहिद विजय पथिक स्फोर्ट्स कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नोएडा एघारले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा २ सय ३४ रन बनायो।

जवाफमा नेपाल पूरा ओभर पनि खेलमा टिक्न सकेन र ४२ ओभरमै १ सय ६६ रनमा अलआउट भयो।

नोएडाको लागि मध्यम स्कोर बनाउने क्रमम ओपनर तनमे श्रीवास्तवले नटआउट रहदै १ सय २० रन बनाए। यस्तै राहुल यादवले ३३ तथा अनुरित सिंहले २८ रन बनाए। नेपालका लागि किशोर महतो र पवन सराफले २/२ विकेट लिए।

जवाफमा २ सय ३९ रनको लक्ष्य पछ्याएको नेपाल ४८ बल बाँकी छदै १ सय ६६ रनमै अलआउट भयो। नेपालका लागि दीपन्द्र सिंह्यले सर्वाधिक ५५ रन बनाए। यस्तै सन्दीप सुनारले ३६, प्रकाश केसीले ३१ तथा आसिफ शेखले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

अनुरित सिंह, निमित सैनी र हर्सित शेथीले समान २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell