PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

उजाड बन्न लागेको चुरेलाई हरियाली बनाउन यसरी गरिंदैछ वृक्षारोपण 



पहिलोपोस्ट

उजाड बन्न लागेको चुरेलाई हरियाली बनाउन यसरी गरिंदैछ वृक्षारोपण 

जनकपुरधामः चुरे क्षेत्र उजाड भईरहेका बेला धनुुषामा स्थानीयवासी र नेपाली सेनाले संयुक्त रुपमा वृक्षारोपण अभियान सुरु गरेका छन्।

६ दिनमा चुरे क्षेत्रमा १५ हजार ८ सय विरुवा रोपिएको छ।  वृक्षारोपण अभियानको नेतृत्व नेपाली सेनाको गोरखनाथ गणले गरेको छ।

अभियानमा नेपाली सेनाकातर्फबाट एक सय भन्दा बढी र त्यतिकै संख्यामा स्थानीयवासी सहभागी भएका छन्।

वृक्षारोपणका लागि जिल्ला वन कार्यालय धनुषाले टिक, मसाला, सखुवालगायतका विरुवा  उपलब्ध गराएको थियो। 

चुरे क्षेत्रमा यस प्रकारको अभियान पहिलो चोटी चलाइएको कार्यालयले जानकारी दिएको छ।

धनुषा जिल्लाको एक लाख १८ हजार ३ सय हेक्टर कुल क्षेत्रमध्ये २५ हजार ५ सय ४०.८ हेक्टर चुरे शिवाली क्षेत्रमा पर्दछ। 

काठ तस्करहरुले सो क्षेत्रलाई केही बर्षदेखि उजाड बनाएपछि त्यसको प्रभाव जनकपुर क्षेत्रमा पानीको समस्याको रुपमा देखिन थालेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell