PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बम विष्फोटमा परी अफगानिस्तानमा चार बालबालिकाको मृत्यु



रासस

बम विष्फोटमा परी अफगानिस्तानमा चार बालबालिकाको मृत्यु

अफगानिस्तान : उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बम विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ। 

विष्फोटमा मारिनेमा एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन्। विष्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो। 

उनीहरुको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। 

तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ। 

अफगानिस्तानको राजधानी काबुलबाट १८० किलोमिटर उत्तरमा पर्ने बुर्का जिल्लामा तालिवान आतङ्ककारी समूह सक्रिय रहेका छन्।रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell