PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मुख्यसचिव क्षेत्रीद्वारा पदबहाली, इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सचिवहरुलाई निर्देशन



रासस

मुख्यसचिव क्षेत्रीद्वारा पदबहाली, इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सचिवहरुलाई निर्देशन

काठमाडौँ : मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गरेका छन्। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव क्षेत्रीले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए। 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गरेको थियो। 

विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिएका क्षेत्रीले विसं २०४१ पुस १९ गते शाखा अधिकृत पदमा निजामति सेवामा प्रवेश गरेका थिए। उनको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म रहनेछ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell