PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

‘प्रेमगीत २’ले छान्यो दुई सय ५० कभर गीत



पहिलोपोस्ट

‘प्रेमगीत २’ले छान्यो दुई सय ५० कभर गीत

काठमाडौं: फिल्म ‘प्रेमगीत २’ ले कभर गीत प्रतियोगीता घोषणा गरेको थियो। महिला र पुरुषको लागि भिन्दाभिन्दै आयोजना गरेको प्रतियोगिताको लागि विश्वभरबाट आठसय कभर गीत भिडियो प्राप्त भएको फिल्म युनिटको दाबी छ। जसमध्ये उत्कृष्ट २ सय ५० लाई छनौट गरेको छ। छानिएको भिडियोहरु विहिबार हाइलाइट्स नेपालको युट्युवमा मार्फत सार्वजनिक गरिएको छ।

प्रेमगीत निर्माण कम्पनी आशुसेन फिल्मसले दिएको जानकारी अनुसार भदौ दोस्रो साता छानिएका भिडियो मध्येबाट उत्कृष्ट १५ हुँदै सर्वोत्कृष्ट दुई घोषित हुनेछन्। महिला र पुरुषद्धारा निर्देशित सर्वोत्कृष्ट भिडियोले जनही एक–एक लाख नगद र ब्यानरको आउँदो फिल्ममा पाश्र्वगायन मौका पाउने बताइएको छ। भदौ पहिलो साता भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गरिनेछन्। यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सीधै उक्त राउन्डका लागि समावेश गरिने छ।

फिल्मको शीर्ष गीत ‘कहानी यो प्रेमगीतको’माथि कभर गीत प्रतिस्पर्धा आह्वान गरिएको थियो। ‘हामीलाई नेपालसहित विदेशबाट निकै स्तरिय कभर गीत प्राप्त भएका छन्’ निर्माता एवं अभिनेता सन्तोष सेनले भने, ‘यो हाम्रा लागि उत्साहप्रद पक्ष हो र गायनप्रति युवा क्रेज सुखद छ।’

असार १३ गते फिल्म प्रेमगीत २ रिलिज हुँदैछ। फिल्मलाई रामशरण पाठकले लेखन तथा निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell