PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

मल्टिप्लेक्सबाट मात्र गर्‍यो ‘स्पाइडरम्यान होमकमिङ’ बक्सअफिस धमाका



पहिलोपोस्ट

मल्टिप्लेक्सबाट मात्र गर्‍यो ‘स्पाइडरम्यान होमकमिङ’ बक्सअफिस धमाका

काठमाडौं: प्रदर्शनमा आएको ६ दिनमै हलिउड फिल्म 'स्पाइडरम्यान होम कमिङ'ले नेपाली बक्सअफिसमा धमाका गरेको छ। एप्पल इन्टरटेनमेन्टका अनुसार मल्टिप्लेक्समा मात्र शो पाएको फिल्मले बिहिबारसम्ममा ८० लाखको ग्रस व्यवसाय गरेको हो।

नेपालमा क्युएफएक्सको सुरुवात सन् २००२ मा स्पाइडरम्यानको प्रदर्शनबाट सुरु भएको। ‘स्पाइडरम्यान फिल्म ब्रान्डसँग धेरै याद जोडिएको छ’, एप्पल इन्टरटेनमेन्टका डिरेक्टर नकिम उद्दिनले बताए।

फिल्मले नर्थ अमेरिकन बक्सअफिसमा पहिलो विकेन्डमै ११७ मिलियन डलरको कलेक्शन गरेको थियो। जुन कमाइ विश्व बक्सअफिसमा पहिलो नम्बरमा रहेको छ। फिल्मलाई आइएमडिबीले १० मा ८.१ स्टार दिएको छ। त्यस्तै रोटन टोम्याटोजले १०० मा ९३ प्रतिशत दिएको छ।

गत शुक्रबारबाट फिल्म काठमाडौं, पोखरा र नारायणगढको मल्टिप्लेक्समा प्रदर्शनमा आएको हो। जोन वाट्सको निर्देशनमा बनेको स्पाइडरम्यान होम कमिङमा टम ल्यान्ड, माइकल किटन, रोबर्ट डाउन लगायतको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell