PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

यू १९ विश्वकप छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा



पहिलोपोस्ट

यू १९ विश्वकप छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा
फोटो सौजन्य : रमन शिवाकोटी

काठमाडौं : सिंगापुरमा आगामी आइतबारबाट सुरु हुने आइसीसी यू-१९ विश्वकप छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यी अन्तिम टोली घोषणा भएको छ।

छनोटको तयारीको लागि भारत पुगेको १८ सदस्यीय टोलीबाट १४ खेलाडी छनोट गरिएको हो।

बाँकी चार खेलाडीलाई रिजर्भ प्लेअरको लिस्टमा राखिएको छ। आइसीसी एसिया चिफ डेभलपमेन्ट अफिसर  वेनकाटापथी राजु, नेपाली राष्ट्रिय टीमका प्रशिक्षक जगत टमाटा र यु-१९ नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दास सम्मिलित छनोट समितिले अन्तिम टोली छनोट गरेको हो।

विश्वकप छनोटको तयारीका क्रममा गत जुन २३ मा भारत पुगेको नेपाली युवा टोलीले प्रशिक्षण गर्नुका साथै ५ अभ्यास खेल समेत खेलेको थियो। नेपालले सुरुवाती ३ खेल जितेको थियो भने चौथो खेल वर्षाले रद्ध गरिएको थियो। पाँचौ खेलमा भने नेपालले पराजय बेहोर्‍यो।

यू-१९ विश्वकप छनोट खेल्न नेपाली टोली भारतबाटै पर्सी शनिबार सिंगापुर प्रस्थान गर्नेछ।

न्यूजिल्याण्डमा २०१८ मा हुने विश्वकपका लागि एसियन छनोटमा नेपालले अफगानिस्तान, आयोजक सिंगापुर र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। राउण्ड रोविन लिगको शीर्ष स्थानमा रहने टोली विश्वकपको लागि छनोट हुनेछ।

 

छनोट भएको १४ खेलाडी

सन्दीप लामिछाने (कप्तान)

दीपेन्द्र सिंह ऐरी

मोहम्मद आसिफ शेख

सन्दीप सुनार

प्रकाश केसी

अनिल कुमार शाह

पवन सराफ

रोहित कुमार पौडेल

ललित नारायण राजवंशी

प्रनित थापा मगर

आदिल खान

किशोर महतो

रिजन ढकाल

शहाब आलम

 

रिजर्भ प्लेअर

सन्दीप जोरा

विक्रम कुमार भुसाल

रसिद खान

सुशान्त सिंह थापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell