PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

ओलीको स्पष्टोक्तिः मधेसका जनतालाई विहार जान आफूले कहिल्यै भनेको छैन



रासस

ओलीको स्पष्टोक्तिः मधेसका जनतालाई विहार जान आफूले कहिल्यै भनेको छैन

काठमाडौँ  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताएका छन् । 

भुमिजा मानवअधिकार सङ्गठनले तराई–मधेसका बृद्धिजीविसँग बिहीबार काठमाडौंमा गरेको अन्तरक्र्रियामा अध्यक्ष ओलीले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी विशेष तरिकाले लाग्ने बताए। 

‘तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन’–अध्यक्ष ओलीले भने ‘त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा एमालेले अब नेतृत्वदायी भूमिका खेल्छ।’

उनले तराई–पहाड छुट्याउन हुन्न भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै तराई–मधेसका जनताको उत्थान र विकासका लागि एमाले संघर्ष गर्दै आएको पार्टी भएको बताए। 

‘तराई–मधेसका बारेमा एमालेका कमी भए देखाइदिनुहोस् हामी सच्याउँछौँ’– अध्यक्ष ओलीले भने, ‘एमालेको नीतिमा यदि खोट भए हामी त्यसलाई सुर्धाछौँ।’ 

उनले मधेसका शहीदलाई अपमान शब्द र त्यहाँका जनतालाई विहार र उत्तरप्रदेश जान आफूले कहिल्यै नभनेको स्पष्ट पार्दै तराई–मधेस सुगम भए पनि विकासका दृष्टिकोणले दुर्गमभन्दा पछि परेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell